दक्षिणकाली माताको दर्शन गर्दै २०७७ साल असार ३ गते बुधबारको राशिफल पढ्नुहोस्

मेष : व्यपारमा सोचेभन्दा राम्रो आम्दानी हनेछ भने जागिरमा तनावको समय देखिन्छ । लागानि गर्ने अवसर प्राप्त हुनेछ तर सतर्क भएर विचार गरेर गर्नु राम्रो हुनेछ । सामान्य स्वास्थ्य समस्या हुनेछ

वृषः नयाँ जागिर पाउने वा जागिरमा पदोन्नति तथा सरुवा हुने सम्भावना देखिन्छ । घर परिवारमा मन रमाउनुका साथै नँया व्यत्तिसँगको भेटले मन प्रसन्न रहने छ ।

मिथुनः दाजुभाइ दिदी बहिनी सँगको सम्वन्धमा मधुरता छाउनुका साथै विदेशयात्रा वा स्वदेश आउन सकिन्छ । आर्थिक लाभको समय छ भने फसेको पैसा वा अचल धन आउने छ ।

कर्कट : काममा वाधा आउने छ घर परिवारमा कसैको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा मनमा खिन्नता छाउन सक्छ । व्यपारमा केहि मध्यम हुनेछ । मांगलिक कर्यहुने सम्भावना देखिन्छ ।

सिंह : भाग्यले साथ दिनेछ भने भाग्यमा रोकिएको वस्तु प्राप्त हुनसक्ने छ । अचल सम्पत्ति किन वेच गर्न सक्ने समय छ । अकाल्पनिक धन आगमन हुन सक्नेछ तर स्वास्थ्यमा सामान्य समस्या भने हुने छ ।

कन्याः अपरझट र अकाल्पनिक धन वा जागिरमा खुसिको कुरा सन्न पाउन सकिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनुका सार्थ अविवाहित व्यत्तिहरुको विवाह हुन सक्नेछ ।

तुला : दाम्पत्य जीवन वा प्रेम सम्वन्धमा सामान्य मन मुटाव हुन सक्छ सतर्क रहनु होला वहुमुल्य वस्तु हराउन सक्ने छ । व्यपारमा भने राम्रो धन आगमन होला ।

वृश्चिक: शत्रु वृद्धिभएर जानेछन् भने शत्रुको कारण महत्वपूर्ण काममा वाधा आउने छ । घर परिवारमा पनि मन मुटावको सम्भावना देखिन्छ । अध्यन क्षेत्रमा भने मन लाग्नेछ ।

धनु :अध्यक्षेत्रमा सफलता हात पर्नुका साथै विदेश जान पाउन सक्ने समय देखिन्छ । साथीभाइ सँगको भेटले मन प्रसन्न हुनुका साथै साथी सँगमिलेर गरेको काममा सफलता हात पर्ला ।

मकर :आमाको स्वास्थ्यलाइ लिएर समस्यामा पर्न सकिने छ । दौड धुप धेरै हुन सक्छ । शारिरिक थकानले सताउने छ भने आर्थिक हानिको समय देखिन्छ ।

कुम्भ : विदेश क्षेत्रवाट हुने काम वा आउने धन मा समस्या देखिन सक्नेछ । तर कृषि क्षेत्र वा विउ विजनको क्षेत्रमा सफलता हत पर्ने दखिन्छ । मांगलिक कार्यमा सरिक हुन पाइने छ ।

मीन : अचल सम्पत्तिको किनवेच हुन सक्नेछ । जागिरमा प्रसंशा प्राप्त हुनुका साथै पदोन्नतीको सम्भावना छ । यात्रा गर्दा सतर्क रहनु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

Tags :ज्याे. जिबन पाैडेल

प्रतिक्रिया दिनुहोस