पाकिस्तानले बजेट लक्ष्य पूरा गर्न १२ अर्ब ऋण सहायता खोज्दै

इस्लामावाद— पाकिस्तानले आर्थिक वर्ष २०२४—२५ मा चीन लगायत प्रमुख सहयोगीहरूबाट करिब १२ अर्ब अमेरिकी डलर ऋण सहायता लिने निर्णय गरेको छ ।

आर्थिक संकटमा परिरहेको पाकिस्तानले बजेट लक्ष्य पुरा गर्न करिब २३ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण आवश्यक परेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिले पाकिस्तान भ्रमण गर्नुअघि १२ अर्ब अमेरिकी डलर बराबरको ऋण सहायतमा प्रतिवद्धता लिन चाहिरहेको छ ।

पाकिस्तानले साउदी अरेबियाबाट ५ अर्ब अमेरिकी डलर, युएईबाट ३ अर्ब र चीनबाट ४ अर्ब अमेरिकी डलर ऋण सहायता लिने अर्थ मन्त्रालयका आन्तरिक स्रोतले बताएको छ । यस्तै, आगामी आर्थिक वर्षमा चीनबाट थप नयाँ वित्तियको सहयोग पनि प्राप्त हुने पाकिस्तानको विश्वास रहेको एक्सप्रेस ट्रिब्यून पत्रिकाले उल्लेख गरेको छ।

नयाँ ऋण कार्यक्रम अन्तर्गत पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १ अर्ब अमेरिकी डलरभन्दा बढी प्राप्त गर्ने छ भने विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त हुने नयाँ आर्थिक सहयोग पनि अनुमानित बजेटमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस