येरेवान— आर्मेनियाली विदेशमन्त्री अरारात मिर्जोयानले ब्रिक्स समूहमा अवलोकनकर्ता सदस्यता प्राप्त गर्ने आर्मेनियाको चासो व्यक्त गरेको टिभी ब्रिक्सले उल्लेख गरेको छ।
भारतीय समाचार पोर्टलसँगको अन्तरवार्तामा मिर्जोयानले ब्रिक्सका विभिन्न कार्यक्रमहरूमा आर्मेनियाको सहभागिता तथा शाङ्घाई सहयोग संगठनसँगको संलग्नताको बारेमा प्रकाश पारे। उनले ब्रिक्स ढाँचाले क्षेत्रीय सहयोग र विकासका अवसरहरू प्रदान गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न आर्मेनिया इच्छुक रहेको बताए।
ब्रिक्समा रुचि देखाउनुका साथै आर्मेनिया भारतसँगको सहकार्यलाई पनि सुदृढ गर्न उत्सुक रहेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले आर्मेनियाली विदेशमन्त्री मिर्जोयानसँगको भेटवार्तामा येरेवान र नयाँ दिल्लीबीच प्रत्यक्ष हवाई सेवाको सम्भावनाबारे छलफल गरिएको थियो।