काठमाडौँ। अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको दुई महिना नपुग्दै उनका बुवा सानुको पनि निधन भएको छ।
अभिनेता समेत रहेका सानुको शनिबार निधन भएको छ ।
शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघ स्रोतले जानकारी दियो।
७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए।
ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको छ।
गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए।